Section 9
डिबेञ्चर जारी गर्ने
(१) डिबेञ्चर जारी गर्न आवश्यक परेमा समितिले उपदफा (२) र (३) को अधीनमा रही दफा ६ बमोजिम विवरणपत्र प्रकाशित गरी डिबेञ्चर जारी गर्न सक्नेछ ।
(२) कोषको चल अचल जायजेथा धितो लेखी डिबेञ्चर जारी गर्ने भएमा नेपाल धितोपत्र बोर्डको निकायको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(३) कोषको जायजेथा धितो नलेखी डिबेञ्चर जारी गरिएकोमा सो जारी गरिएको मितिले सात दिनभित्र सोको जानकारी नेपाल सरकारलाई दिनु पर्नेछ ।
(४) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि कोषले अघिल्ला साहूहरूलाई लेखिदिएको धितोले खामेसम्म सोही धितो राखी अघिको साहू र थैली समेत स्पष्ट देखाई अरू साहूसंग पनि कर्जा लिन सक्नेछ ।
(५) कोषले आफूले जारी गरेको डिबेञ्चर लिने प्रत्येक साहूहरूको नाम नामेसी, डिबेञ्चरको रकम र अन्य आवश्यक विवरण लेखी छुट्टै किताब खडा गरी राख्नु पर्नेछ ।